新型コロナウイルス感染症対策新型コロナウイルス感染症対策

कोरोनाभाइरस संक्रमण आपतकाल घोषणा

कोरोनाभाइरस संक्रमण थप फैलिन नदिनका लागि, आपतकाल घोषणा गरिएको छ।
यहाँहरु सबै जनालाई साथ र सहयोगको लागि अनुरोध गरिएको छ।

आपतकाल कार्यान्वयन अवधि

सन् २०२१ जनवरी ८ तारिख बाट फेब्रुअरी ७ तारिख सम्म

आपतकाल कार्यान्वयन क्षेत्रहरु

साइतामा, चिबा, टोकियो, खानागावा

आपतकाल कार्यान्वयन अवधि

सन् २०२१ जनवरी १४ तारिख बाट फेब्रुअरी ७ तारिख सम्म

आपतकाल कार्यान्वयन क्षेत्रहरु

तोचिगी, गिफु, आइची, क्योटो, ओसाका, ह्योगो, फुकुओका

सबै जनालाई भन्न चाहेको मुख्य बुँदाहरु

  • 〇 निम्न लिखित ११ वटा प्रान्तहरुमा आपतकाल घोषणा गरिएको छ।
    जनवरी ८ तारिख बाट फेब्रुअरी ७ तारिख सम्म (३१ दिन): साइतामा, चिबा, टोकियो, खानागावा
    जनवरी १४ तारिख बाट फेब्रुअरी ७ तारिख सम्म (२५ दिन): तोचिगी, गिफु, आइची, क्योटो, ओसाका, ह्योगो, फुकुओका
  • 〇 आपतकाल घोषणा गरिएका प्रान्तहरुमा नयाँ संक्रमणका रिपोर्टहरुले अहिलेसम्म कै उच्च संख्या रेकर्ड गर्ने क्रम जारी राखेको र चिकित्सा प्रणालीमा नै अत्याधिक तनाव सिर्जना गरेको छ। यस् अवस्थाको अन्त्य गरि संक्रमण वृद्धिदरलाई न्यून गर्दै लाने उद्देश्य रहेको छ।
  • 〇 संक्रमण अवधिको अहिलेसम्मको अनुभव तथा देश-बिदेशमा गरिएका बिभिन्न अध्ययन अनुसन्धानको निष्कर्षहरू (जस्तै, संक्रमण माध्यमका विश्लेषण) मा आधारित अझ प्रभावकारी र गहन रुपका संक्रमण  रोकथामका उपायहरू तयार पारिएका छन्।

आपतकाल घोषणामा अनुरोध गरिएका उपायहरूको अवधारणा

  • 〇 यस् पटकको आपतकाल घोषणामा सामाजिक-आर्थिक गतिविधिहरूलाई व्यापक रूपमा बन्द गर्नुको सट्टा, संक्रमणको उच्च जोखिम रहेको अवस्थालाई ध्यानमा राखेर प्रभावकारी/ ठोस खालका उपायहरू लागू गरिएका छन्।
  • 〇 बिस्तृत रुपमा, खानपिन गतिविधिहरुसँग सम्बन्धित कुराहरुमा ध्यान केन्द्रित गरेर उपायहरु तयार पारिएका छन्। त्यसकारण, खानपिन गतिविधिहरुसँग जोडिन आउने व्यक्तिहरूको प्रवाहलाई सीमित गर्ने, तथा रेस्टुरेन्ट/बारको खुला हुने समयलाई छोट्याउने, घरबाट बाहिर नजाने, रिमोट वर्कलाई बढावा दिने इत्यादी कार्यहरु गर्न अनुरोध गरिएको छ।

आपतकाल घोषणा अवधिमा, तल उल्लेखित कार्यहरु पालना गर्नको लागि अनुरोध गरिएको छ

(१) घर बाहिर जाने/ एक ठाउँबाट अर्को ठाउँमा जाने बारेमा
  • 〇 संक्रमण फैलिन नदिनका लागी अनावश्यक र जरुरी नभएको बेलामा घर बाहिर जाने/ एक ठाउँबाट अर्को ठाउँमा जाने कार्य रोक्नका लागी सम्पूर्ण बासिन्दाहरुलाई अनुरोध गर्दछौं।
  • 〇 खानपिन गतिविधिहरुका कारणले गर्दा हुने संक्रमणको उच्च जोखिमको अवस्थाबाट बच्न विभिन्न उपायहरू अपनाउनेछौ। यी उपायहरूको प्रभावकारिता वृद्धि गर्न, दिनको समयमा समेत बाहिर नगई घरमै बस्ने कुरालाई राम्रोसँग पालना गर्नका लागी अनुरोध गर्दछौ।
  • 〇 तथापी,,अफिस या अस्पताल जाने, कसरतको हिसाबले हिडडुल गर्ने जस्ता दैनिक जीवन र स्वास्थ्यलाई कायम राख्नको लागि आवश्यक कुराको हकमा भने घर बाहिर जाने/ एक ठाउँबाट अर्को ठाउँमा जाने रोक्न भनेर भनिएको अनुरोधमा सामेल गरिएको छैन।
(२) कार्यक्रम आदिको आयोजना गर्ने बारेमा
  • 〇 अनिर्दिष्ट संख्यामा मानिसहरू भेला हुने खालको कार्यक्रममा मानिसहरू बीच प्रत्यक्ष सम्पर्क धेरै हुने तथा अक्सर खानपिन गतिविधिहरु बढि हुने हुनाले बिशेष उपायहरु अपनाउन पर्ने आवश्यक पर्दछ। आयोजकहरूलाई कार्यक्रमको स्केलको आवश्यकता अनुसार कार्यक्रम गर्न अनुरोध गर्दछौं।
  • 〇 मानिसहरुको अधिकतम संख्या या क्षमता, खानपिन गतिविधिहरु इत्यादी कार्यहरुलाई सिमित गर्नु पर्ने आवश्यकता रहेको छ।
(३) सुविधाहरुको प्रयोग गर्ने बारेमा
  • 〇 विज्ञहरूको विश्लेषणको नतिजा अनुसार मास्क हटाएर खानपिन गतिविधिहरु गरेमा संक्रमणको उच्च जोखिम हुने, र यो नै संक्रमण फैलावटको मुख्य बिन्दु हो भनेर मानिएको छ। तथापी, संक्रमणको माध्यम यहि नै हो भन्ने अझै थाहा नभैसकेको अवस्थामा पनि धेरै केसहरुमा खानपिन गतिविधिहरुको माध्यम नै कारक हो भन्ने विचार विज्ञहरूको रहेको छ।
  • 〇 रेस्टुरेन्ट/बार तथा खाराउके बक्सहरू आदीलाई पसल खुला हुने समय घटाउन (पसल खुला हुने समय रातिको ८ बजे बजे सम्म मात्र, र रक्सीजन्य बस्तुहरुको बिक्रिबितिरण बिहान ११ बजे देखि बेलुका ७ बजे सम्म) अनुरोध गर्दछौं।
  • 〇 सरकारले लक्षित प्रान्तहरुमा समय घटाउन अनुरोध गरेको खण्डमा दिने भनिएको "राहत रकम" भुक्तानी गर्दछ (१ महिनाको ३० दिनको हिसाबले १ लाख २० हजार येन → १ लाख ८० हजार येनमा वृद्धि गराइएको)
  • 〇 मनोरन्जन पार्क तथा ठूला-ठूला स्टोरको हकमा पनि रेष्टुरेन्टहरूको जस्तै (पसल खुला हुने समय रातिको ८ बजे बजेसम्म मात्र, र रक्सीजन्य बस्तुहरुको बिक्रिबितिरण बिहान ११ बजे देखि बेलुका ७ बजे सम्म मात्र) गरि चल्न-चलाउन लगाउने काम गर्दछौं। मनोरन्जन पार्क, नाटक घर, फिल्म हलको हकमा पनि मानिसको अधिकतम संख्या र क्षमताको आवश्यकतालाई पालन गरि चल्न-चलाउन लगाउने काम गर्दछौं।

नयाँ कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नको लागि पोस्टर

* कम्पनी, स्कुल जस्ता मानिसहरू भीड हुने ठाउँमा टाँस्नुका साथै मानिसहरूलाई जानकारी गराउन तपाईँले यो पोस्टर अनुमतिविना डाउनलोड गर्न र प्रिन्ट गर्न सक्नुहुन्छ।
(कृपया यसमा हेरफेर वा थपघट नगर्नुहोस्।)

३ वटा अवस्था "बन्द कोठा" "भिडभाड" "नजिकबाट भेटघाट" नगर्ने!

संक्रामक रोग नियन्त्रणमा तपाईहरुको साथ र सहयोगको लागि अनुरोध

संक्रामक रोग नियन्त्रणमा तपाईहरुको साथ र सहयोगको लागि अनुरोध

नोवेल कोरोनाभाइरस संक्रमण निम्न माध्यमहरुबाट फैलिरहेको छ।

कोभिड-१९ संक्रमण हुने उच्च जोखिमका पाँच अवस्था यसप्रकार छन् ।

कोभिड-१९ संक्रमण हुने उच्च जोखिमका पाँच अवस्था यसप्रकार छन् । PDF